Advertisement

बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ : प्रधानमन्त्री

0 11

Advertisement

१८ असोज, काठमाडौं । प्रधामन्त्री प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन् ।

सिंहदरबारमा आज बिहान भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका हुन् ।

बैठकमा भूकम्पको क्षति, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका बारेमा छलफल भएको बताउँदै राहत र पुनर्निर्माणको काम छिट्टै कार्यान्वयन हुने बताए ।

काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुननदिने प्रतवद्धतासमेत व्यक्त गरेका छन् ।

बझाङमा गत मंगलबार दिउँसो ३:०६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका धेरै ठाउँमा व्यक्तिगत घर तथा सार्वजनिक भवनहरू भत्किएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.