Advertisement

सामुदायिकले ८५% स्वापमा बिपिडब्लु लघुवित्तलाई प्राप्ती गर्ने, विशेष साधारण सभा आह्वान

0 12

Advertisement

१५ असाेज, काठमाडाैं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बिपिडब्लु लघुवित्तलाई १ बराबर ०.८५३५ को सेयर स्वाप रेसियो (८५.३५ प्रतिशत) अनुपातमा प्राप्ती गर्ने भएको छ ।

सामुदायिक लघुवित्तले स्वाप रेसियोमा मर्जर प्रस्ताव पारितका लागि असोज ३० गते मंगलबार विशेष साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको २२४ औं बैठकले असोज ३० गते मंगलबार बिहान ११ बजे होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा विशेष साधारण सभा गर्ने निर्णय गरेको छ ।

सभाले सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने–गाभिने (मर्जर) का लागि तय भएको सेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गर्नेछ । बिपिडब्लु लघुवित्तसँग मर्जरका लागि १ बराबर शुन्य दशमलव ८५३५ को सेयर स्वाप रेसियो वारे सहमति भएको छ । साथै सभाले मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई जिम्मेवारी दिनेछ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि असोज २१ गते आइतबार एकदिन बुक क्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा असोज १८ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.