Advertisement

उपत्यकामा आजदेखि द्रुत बस सेवा सञ्चालन

0 77

Advertisement

०३ असोज, काठमाडाैं । आजदेखि द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधबारदेखि उपत्यकामा बस र्‍यापिड ट्रान्जिट (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालन गरेकाे हाे । रत्नपार्कस्थित शान्तिवाटिकाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बसको उद्घाटन गरेका छन् ।

  • शान्तिवाटिकाबाट छुट्नेछन् बस,
  • बिहीबारदेखि दैनिक २५ बस सञ्चालन हुने,
  • सूर्यविनायकदेखि रत्नपार्कसम्म जम्मा १९ वटा स्टप उपत्यकामा

पहिलो दिन दुईवटा बस शान्तिवाटिकाबाट सूर्यविनायकसम्म सञ्चालन हुने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए । उनका अनुसार बस सञ्चालन भएपछि ४०–४५ मिनेटमा रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्न सकिन्छ । बस सञ्चालनका लागि ‘लेन मार्किङ’ र अन्य तयारी पूरा भइसकेको छ । तर, बिहीबारदेखि भने दैनिक २५ वटा बस यस नियमअनुसार सञ्चालन हुनेछन् । गत सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायत निकायसँग बैठक बसेर संविधान दिवसको दिनदेखि बस सेवा सुरु गर्न निर्देशन दिएका थिए । सोहीअनुसार यातायात व्यवस्था विभाग, सडक विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघले द्रुत बस सेवा सञ्चालन गर्न थालेका हुन् ।

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । द्रुत बस सेवा सञ्चालनका लागि १९ वटा स्टप कायम गरिएको छ । ती स्टपमा यात्रुलाई झार्ने र चढाउने गरिनेछ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग ३९ भन्दा बढी सिट क्षमता भएका २५ वटा नयाँ बस उपलब्ध गराउनेबारे सम्झौता भइसकेको प्रवक्ता पनेरूको भनाइ छ । बसमा अन्य सार्वजनिक बससरह नै भाडा लाग्नेछ । सडक विभागले द्रुत बस सञ्चालन गर्ने लेन नै छुट्याएको छ । भइरहेकै सडकको लेनमा मार्किङ तथा ठुल्ठूला अक्षरमा द्रुत बस गुड्ने लेनबारे जानकारी दिइनेछ । विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार तिनकुने–माइतीघर क्षेत्रमा सर्भिस लेनको देब्रे साइट, कोटेश्वर चोकआसपासमा मुख्य लेनको देब्रे साइट, कोटेश्वरदेखि जडीबुटीसम्म सर्भिस लेनको देब्रे साइट, जडीबुटीदेखि सूर्यविनायकसम्म मुख्य लेनको देब्रे साइट र माइतीघर–रत्नपार्क क्षेत्रमा मुख्य लेनको देब्रे साइटबाट द्रुत बस गुड्नेछन् । द्रुत बस जहाँ पायो त्यही रोकिनेछैन । यो बस अन्य सार्वजनिक सवारीसाधनका लागि बनाइएका सबै स्टपमा पनि रोकिँदैन । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.