Advertisement

साहित्यकार तुल्सी थापाको निधन

0 27

Advertisement

०८ भाद्र,मकवानपुर। मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ। ७८ वर्षीय थापाको उपचारका क्रममा आज चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको उनका ज्वाइँ रवीन्द्र मगरले जानकारी दिए।

मुटुसम्बन्धी समस्या, निमोनिया, मधुमेह, रक्तचापलगायत स्वास्थ्य समस्याले ग्रसित भएपछि साहित्यकार थापा केही महिनादेखि अस्पताल भर्ना भएका थिए।

दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’, नाटक ‘अमर सिंहको खोजीमा अमर सिंह’ र कथासंग्रह ‘फरक आकाश’ लगायत साहित्यिक सिर्जना प्रकाशन गरेका थापाले कविता विधामा नयाँ दाना कविताको सुरुआतसमेत गरेका थिए।

गोरखा दक्षिण बाहु चौथो, नारायणी वाङ्मय पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थापा भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत थिए। स्व। थापाको बेलायतमा रहेकी छोरी आज साँझ आएपछि दाहसंस्कार गरिनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.