Advertisement

कोशीकी उपसभामुख सृजना दनुवारको स्वास्थ्यमा सुधार

0 131

Advertisement

०८ भाद्र, काठमाडौं।कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार तीन दिन गंगालाल हृदयरोग केन्द्रमा उपचारपछि हिजो डिस्चार्ज भएकी छन् । अहिले उनी निवासमै आराम गरिरहेको सचिवालयले जनाएको छ ।

कोशी प्रदेशमा सरकारले विश्वासको मत लिने अघिल्लो दिन दनुवार अस्वस्थ बनेको भन्दै काठमाडौं आएकी थिइन् । त्यहाँका सत्तारुढ दलहरूले भने उनी बैठक छल्ने नियतले भागेको आरोप लगाएका थिए । तर, काठमाडौंमा बकाइदा अस्पताल भर्ना नै भएर उनले उपचार गराएकी हुन् ।

उपसभामुख दनुवारलाई पहिल्यैबाट थाइराइड र प्रेसरको समस्या रहेको उनका स्वकीय सचिव भुवन दाहालले बताए ।

‘उहाँलाई पहिले पनि प्रेसर तलमाथि हुने समस्या थियो । राजनीतिक घटनाक्रमहरूको तनावले गर्दा अलिकति गाह्रो भयो । त्यसैले काठमाडौं आएर उपचार गराउनुभएको हो,’ उनले भने ।

विश्वासको मत लिने अघिल्लो दिन आउनुलाई उनले संयोग मात्र मिलेको बताए ।

‘उहाँ आफैंले डाकेको बैठकमा नजाने कुरा थिएन । तर, स्वास्थ्यमा समस्या आएकाले नै तत्काल काठमाडौं आउनुपर्‍यो,’ दाहालले भने ।

उपसभामुखलाई भदौ ३ गतेदेखि अलिक गाह्रो भएको र स्थानीय चिकित्सकहरूसँग परामर्श गरेको उनले बताए । उनीहरूले काठमाडौंमा गई सुविधासम्पन्न अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सुझाव दिएको दाहालको भनाइ छ ।

दनुवार सुरूमा गंगालाल अस्पतालको आकस्मिक कक्षमा नै भर्ना भएकी थिइन् । त्यसपछि उनलाई क्याबिनमा सारिएको थियो । उनको एनजिओग्राफी गरिएको छ । त्यसको रिपोर्ट के आयो भन्ने जानकारी नरहेको दाहालले बताए ।

अहिले दनुवारको स्वास्थ्य अवस्थामा सुधार आएको छ । तर, चिकित्सकले १ हप्तापछि फेरि फलोअपमा आउन भनेका छन् । उनीहरूले ‘स्ट्रेस नलिन’ सुझाव दिएका छन् । एक हप्ताको फलोअपपछि चिकित्सकको सल्लाहका आधारमा विराटनगर फर्किनेबारे निर्णय लिने दाहालले उल्लेख गरे ।

दनुवारसँग सम्पर्क प्रयास गर्दा उनको फोन रिसिभ भएन । हिजोमात्रै सर्वोच्च अदालतले सभाध्यक्षको भोट प्रयोग गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत् मान्न नसकिने भन्दै तत्काल दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी जारी गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.