Advertisement

बंगलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा पञ्चेबाजा बजाएर स्वागत (तस्वीरहरू) 

0 29

Advertisement

०१ भदाै, काठमाडाैं । बंगलादेशबाट आएका पर्यटकलाई शुक्रबार त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन बोर्डले पञ्चेबाजा बजाएर स्वागत गरेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आएका हुन् । 

नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो । 

आज तीन सय पर्यटक आइपुगेका छन् भने भोलि थप चार सय पर्यटक आउने छन् । राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे। एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो । नेपालबाट नजिक दूरीमा रहेको बंगलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो । ठूलो सङ्ख्यामा नेपाल भित्रिने बंगलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे ।

बोर्डको तथ्यांकअनुसार सन् २०२३ को सात महिनामा बंगलादेशबाट १३ हजार छ सय २४ पर्यटक नेपाल आएका थिए । जुलाई महिनामात्रै दुई हजार छ सय ९४ बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । जुनमा दुई हजार चार सय दुई, अप्रिलमा दुई हजार दुई सय १७, मार्चमा दुई हजार चार सय ६६, फेब्रुअरीमा एक जहार नौ सय सात र जनवरीमा दुई हजार चार ६८ बङ्गलादेशी पर्यटक नेपाल आएकोे तथ्यांक छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.