Advertisement

जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा ७ घरमा आगजनी

0 15

Advertisement

६ साउन, सुर्खेत । अज्ञात समूहले जुम्लाको गुठीचौरका ७ वटा घरमा आगजनी गरेको छ ।

गुठीचौर गाउँपालिका-४ मा रहेका सात घर र एक ट्याक्टरमा अज्ञात समूहले शुक्रबार राति आगजनी भएको जुम्ला प्रहरीले जनाएको छ ।

आगजनी कसले र किन गर्‍यो भन्ने विषय अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुुख डीएसपी प्रहृलाद न्यौपानेले बताए ।

उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहले आगजानी गरेको हो ।

गुठीचौरकै धिता र देपाल गाउँमा पनि आगजानी भएको बताइएको छ । उक्त अज्ञात समूहले शुक्रबार राति ११ देखि १ बजेको बीचमा आगजानी गरेको प्रहरीले जनाएको छ । उक्त समूहले सडकमा रोकिराखिएको एउटा ट्याक्टरमा समेत आगजानी गरेको छ । आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् ।

उक्त घटनाबाट कुनै मानवीय क्षति नभए पनि घरका झ्याल, ढोका र गोठहरु जलेको प्रहरीले बताएको छ । ‘आगलागी के कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको छ । आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै जिल्लाबाट इन्सपेक्टर सावको नेतृत्वमा प्रहरीको टोली खटाएको छ’ डीएसपी कार्कीले भने ।

के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.