Advertisement

सुनको भाउ घट्यो

0 22

Advertisement

२२ असार, काठमाडाैं । साताको अन्तिम कारोबार दिन आज छापावाला सुनको भाउ घटेको छ । लगातार ३ दिन वृद्धि भएको छापावाला सुनको भाउमा आज भने गिरावट आएको हो ।

आज सुनको भाउ १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार छापावाला सुनको भाउ १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुनको भाउ १ लाख १० हजार १५० रुपैयाँ निर्धारण गरिएको थियो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९११ दशमलव ९६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ७१ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.