कोशी प्रदेशः एकीकृत समाजवादीले कार्कीको विपक्षमा मत दिने
१४ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको विपक्षमा मत हाल्ने भएको छ। कार्कीले बिहीबार विश्वासको मत लिँदैछन्।
उक्त प्रदेशका एकीकृत समाजवादीका सांसद कमल जबेगुका अनुसार नेकपा एसले कार्कीको विपक्षमा मत हाल्ने निर्णय गरेको हो।
कार्की नेतृत्वमा सरकारलाई माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि उनी बिहीबार विश्वासको मत लिन लागेका हुन्। अहिलेसम्म उनका पक्षमा राप्रपा मात्र खुलेको छ। दुई पार्टीको सांसद संख्या ४६ हुनेछ। बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।
अन्य विपक्षीले कार्कीलाई मत नहाल्ने बताइसकेका छन्। २९ सांसद रहेको कोशी प्रदेशमा कांग्रेस, १३ सांसद रहेको माआवादी केन्द्र र ४ सांसद रहेको एसले विपक्षमा र १ सांसद रहेको जसपा तटस्थ बस्ने भएका छन्।