Advertisement

ललिता निवास प्रकरण: निर्वाचन आयोगका पूर्व आयुक्त शाह पनि पक्राउ

0 23

Advertisement

१२ असार, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ। पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको हो।

यसअघि डिल्लीबजार मालपोत कार्यालयका पूर्वखरिदार गोपाल कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्योभन्दा अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो। गुरुङ पक्राउ परेको केही समयपछि मंगलबार नै मालपोत र नापी कार्यालयका तत्कालीन अधिकृतहरु गरी ४ जना पक्राउ परेका थिए।

पक्राउ पर्नेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख एवम् पूर्व सहसचिव कलाधर देउजा तथा कर्मचारीहरु सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी छन्। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनीहरुलाई सीआईबीले नियन्त्रणमा लिएको हो। उनीहरु २०४९ देखि २०६६ सालसम्म मालपोत तथा नापी कार्यालयमा कार्यरत थिए।

बालुवाटारको सरकारी जग्गा अनियमितताका क्रममा सरकारी कागजात कीर्ते र सरकारी दस्तावेज केरमेटमा सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि कीर्ते कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

ललिता निवासको ११३ रोपनी जग्गाको सरकारी दस्तावेज तथा मिसिलहरु गायव पारेर बिचौलियाहरुले नक्कली कागजात खडा गरेर अनियमितता गरेको भेटिएको थियो।

सरकारी जग्गा व्यक्तिको नाममा कायम गरी हिनामिना गरेको प्रकरणको भ्रष्टाचार मुद्दा भने विशेष अदालतमा विचाराधीन छ। सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा सरकारी कागजात कीर्ते र केरमेट गरेको प्रकरणमा सीआईबीले पहिले नै अनुसन्धान थालेको थियो। तर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले तत्कालीन अवस्थामा मुद्दा चलाउनु नपर्ने ठहर गरेपछि अनुसन्धान रोकिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.