Advertisement

‘मोगाम्बो’को पहिरन त्यो समयको सबैभन्दा महंगो

0 58

Advertisement

०८ असार, मुम्बई । हिन्दी फिल्म जगतमा आफ्नो अभिनयको उत्सव मनाउने अभिनेता अमरीश पुरीको निधन भएको वर्षौ भइसकेको छ।

तर आज पनि उनको फ्यान जब उनलाई टेलिभिजनमा देख्छन्, उनको उपस्थितिको महशुस गर्छन्। अमरीश बलिउडका एक यस्ता लोकप्रिय भिलेन रहे, जसले फ्यानमाझ नकारात्मक भूमिकामा पनि प्रेम पाए। अमरीशले आफ्नो करियरमा केवल भिलेनका रुपमा मात्र आफूलाई स्थापित गरेनन्। उनले कहिले दर्शकलाई हँसाए र कहिले भावुक पनि बनाए।

उनका ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘मिस्टर इण्डिया’, ‘मुझसे शादी करोगी’, ‘करण अर्जुन’लगायतका कैयौं सम्झनलायक फिल्म छन्। अमरीशलाई बलिउडको ‘मोगेम्बो’ पनि भनिन्छ। उनको यो भूमिका निकै लोकप्रिय बनेको थियो। फिल्म ‘मिस्टर इण्डिया’को ‘मोगेम्बो’ चरित्र उनका लागि यति शक्तिशाली बनिदियो कि उनले बोलेको संवाद ‘मोगेम्बो खुश हुवा’ आज पनि जो कोहीले सम्झन्छन्।

सायद कमैलाई थाहा होला उनले ‘मोगेम्बो’ चरित्र निर्वाह गर्दा लगाएको पहिरनको मूल्य २५ हजार रुपैंयाँ थियो। अहिलेको समयमा यो रकम निकै कम लागे पनि त्यो समयमा यो मूल्य अधिक नै थियो। सन् ८० को समयमा फिल्म निर्माताहरु फिल्ममा बढी खर्च गर्दैन थिए। तर सन् १९८७ मा रिलिज भएको फिल्म ‘मिस्टर इण्डिया’मा ‘मोगेम्बो’को पहिरनका लागि निर्माता बोनी कपूरले त्यो समयको हिसाबले दिल खोलेर खर्च गरेका थिए। हिरोलाइ भन्दा भिलेनको ड्रेसअपका लागि बढी खर्च गरिएको थियो।

फिल्ममा उनको गोल्डन छडीदेखि लिएर उनको ब्ल्याक र गोल्डेन कष्ट्युमले दर्शकको ध्यान खिचेको थियो। यो पहिरनमा बोनीले २५ हजार रुपैंयाँ खर्च गरेका थिए। यो रकम त्यो समयमा निकै महंगो रकम हो। अमरीशले आफ्नो करियरको सुरुवात सन् १९५६ मा फिल्म ‘भाई भाई’बाट गरेका थिए। यसपछि उनले ‘प्रेम पुजारी’, ‘रेशमा और शेरा’, ‘हलचल’, ‘हिन्दुस्तान की कसम’, ‘सलाखें’, ‘डाकू’ जस्ता कैयौं फिल्ममा काम गरे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.