Advertisement

३२ वर्षपछि फिल्ममा एकसाथ देखिँदै अमिताभ र रजनीकान्त

0 19

Advertisement

३० जेठ, काठमाडौं । भारतीय अभिनेता रजनीकान्त र अमिताभ बच्चन लामो समयपछि एकसाथ काम गर्दैछन्।

उनीहरू ३२ वर्षपछि फिल्म ‘थलाइवा १७०’ मा एकसाथ देखिन लागेका हुन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्ममा अमिताभलाई विशेष भूमिका प्रस्ताव गरिएको छ।

टिजे ज्ञानवेलले निर्देशन गर्ने फिल्ममा रजनीकान्तको मुख्य भूमिका रहनेछ। यो फिल्म सत्य घटनामा आधारित हुने बताइएको छ।

फिल्ममा रजनीकान्त एक मुस्लिम प्रहरी अधिकारीको भूमिकामा देखिनेछन्।

अमिताभ र रजनीकान्त पछिल्लो पटक सन् १९९१ मा रिलिज भएको ‘हम तुम’ मा सँगै देखिएका थिए। उनीहरूले ‘हम तुम’ बाहेक ‘गिरफ्तार’ र ‘अन्धा कानून’ मा एकसाथ काम गरेका थिए।

रजनीकान्त हाल फिल्म ‘जेलर’ र ‘लाल सलाम’ को छायांनमा व्यस्त छन्। यी फिल्मपछि उनी ‘थलाइवा १७०’ को छायांकनमा व्यस्त हुनेछन्।

त्यस्तै अमिताभ बच्चन फिल्म ‘सेक्सन ८४’ को छायांकनमा व्यस्त छन्। फिल्मलाई रिभु दासगुप्ताले निर्देशन गरिरहेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.