Advertisement

रुसले बमबारी गरेर बाँध भत्काएको युक्रेनको आरोप, १६ हजारको ज्यान खतरामा

0 23

Advertisement

२३ जेठ, एजेन्सी। युक्रेनले रुसले देशको दक्षिणी खेरसन प्रान्तमा स्थित निप्रो नदीमा रहेको प्रमुख जलविद्युत आयोजनाको बाँधमा बम प्रहार गरेको आरोप लगाएको छ ।

यो बाँध रुसको कब्जामा रहेको नोभा काखोभका सहरमा छ । बाँधमा भएको क्षतिका कारण कम्तीमा १६ हजारको ज्यान जोखिममा रहेको बताइएको छ ।

अधिकारीहरूले मानिसहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको बताएका छन् ।

यस घटनालाई औँल्याउँदै, खेरसनका क्षेत्रीय प्रमुख, अलेक्जेन्डर प्रोकुडिनले रसियाले अर्को आतङ्ककारी कार्य गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियो सन्देशमा उनले निप्रो नदीको पानीको स्तर पाँच घण्टाभित्रै ‘गम्भीर’ हुने चेतावनी दिएका छन् ।

उपलब्ध तस्बिरहरूमा तेज बहावसँगै पानी युद्ध क्षेत्रतर्फ बढिरहेको देख्न सकिन्छ ।

रुसले यो विनाशको लागि युक्रेन नै जिम्मेवार रहेको बताएको छ । यता रुसी अधिकारीले बम बारीले बाँध नभई प्लान्टको माथिल्लो हिस्सा मात्रै क्षतिग्रस्त भएको स्पष्टीकरण दिएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.