Advertisement

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

0 118

Advertisement

१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। उनले बुधबार विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। त्यसबारेको सूचना केही बेरमा सार्वजनिक हुने बताइएको छ।

यसअघि संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक फिर्ता गरेकी थिइन् भने दोस्रोपटक पुनः पारित भएर आएको विधेयकलाई बेवास्ता गरिदिएकी थिइन्। संविधानअनुसार, उनले गत असोज ४ गते रातिसम्म प्रमाणीकरण गरिसक्नुपर्ने विधेयकलाई बेवास्ता गरेकी थिइन्।

त्यसपछि सो विधेयकबारे सार्वजनिक चर्चा सेलाएको थियो। यद्यपि, पौडेल राष्ट्रपति निर्वाचित भएर आएपछि विधेयकबारे चासो राख्दै छलफल चलाएको थियो। हैसियत के हुने भन्ने बारेमा फरकफरक मत सार्वजनिक भइरहेको बेलामा मन्त्रिपरिषद्ले केही दिनअघि विधेयक प्रमाणीकरणका लागि आग्रह गरेको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.