Advertisement

बजेटको अघिल्लो दिन १७ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ महिनापछिको उच्च

0 10

Advertisement

१४ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने अघिल्लो दिन सेयर बजार भने गिरावट भएको छ । सोमबार संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । आइतबार सेयर बजार नेप्सेमा दोहारो अंकको गिरावट भएको छ । यसअघि लगातार ७ कारोबार दिनसम्म नेप्से बढेको थियो ।

आइतबार दिनभर हरियो रहेको बजार परिसूचक नेप्से कारोबार बन्द हुने करिब १ घण्टा अगाडिदेखि लगातार ओरालो लागेर १७.३८ अंकले घट्दा १९४१.७४ अंकको विन्दुमा बन्द भएको छ । उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचकमा वृद्धि भएपनि अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । उत्पादनमूलक उपसूचक १.०१ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ ।

यता होटल तथा पर्यटन उपसूचक २.७७ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक २.६५ प्रतिशत, वित्त कम्पनी उपसूचक २.४२ प्रतिशत र विकास बैंक उपसूचक २.०५ प्रतिशतले गिरावट भएका छन् ।

नेप्सेमा गिरावट भएपनि आइतबार कारोबार रकम भने बढेर साढे २ अर्ब नाघेको छ । नेप्सेमा आइतबार साढे महिना यताकै उच्च रकमको कारोबार भएको छ । २९ माघमा ३ अर्ब माथिको कारोबार भएपछि आइतबार त्यसयताकै उच्च रकमको कारोबार भएको हो । आइतबार नेप्सेमा ४७ हजार ६७४ वटा कारोबारमा ७० लाख ५० हजार ०३९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ६३ करोड ९७ लाखको कारोकार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २१ करोड ८० लाखको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ९ करोड १३ लाख र सोल्टी होटलको ८ करोड ८७ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । ४४ कम्पनीको सेयरमूल्य बढ्दा ३ कम्पनीको स्थिर छ । आइतबार कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्रको सेयरमूल्य बढेर सकारात्न्मक सर्किट मूल्यमा बन्द हुँदा युनिलिभर नेपालको सेयरमूल्य ७.१८ प्रतिशतले बढेको छ ।

यस्तै हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ६.४० प्रतिशतले गिरावट हुँदा न्यादी हाइड्रोपावको ५ प्रतिशत र नयाँ सारथी लघुवित्तको सेयरमूल्य ४.९० प्रतिशतले घटेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.