Advertisement

रग्बीमा मकवानपुरको दुवै टोली फाइनलमा

0 23

Advertisement

१३ जेठ, हेटौंडा । मकवानपुरको पुरुष र महिला टोली हेटौडामा जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा मकवानपुरले महिलातर्पm चितवन र पुरुषमा रामेछापमाथि जित निकाल्दै स्वर्ण प्रतिस्पर्धाको यात्रा तय गरेका हुन् । महिला मकवानपुरले चितवनलाई ४९–० को फराकिलो अन्तरले हरायो । मकवानपुरको जितमा मनीषा घिसिङ एक्लैले पाँच ट्राइ गरिन् । पुष्पा खड्का तीन ट्राइ र सृसा लोप्चन एक ट्राइ गर्न सफल भए । पुरुषमा भने मकवानपुरले रामेछापमाथि २५–० ले हराउँदा विशेक बछार, सुजन लोप्चन, विक्रम भारती र अभि राईले समान एक ट्राइ गरे ।

महिलाकै अर्को सेमिफाइनलमा ललितपुरले काठमाडौंमाथि ७–० स्कोरको जित निकाल्दै मकवानपुरसँगको भेट पक्का ग¥यो । पुस्तिका वाग्लेले एक ट्राइ र एक कनभर्जन किक प्रहार गरिन् । पुरुषकै अर्को सेमिफाइनलमा भक्तपुरले काभ्रेलाई २९–० स्कोरले हरायो । भक्तपुरका लागि गणेश बानियाले तीन ट्राइ, सुरज रानाले दुई ट्राई र नीरज कार्कीले दुई कनभर्जन किक प्रहार गरे । पुरुषतर्प आठ जिल्ला र महिलामा पाँच जिल्लाले प्रतिस्पर्धा गरेका थिए । महिला र पुरुषको फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा शनिबार नै हुनेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.