Advertisement

नेपाल एयरलाइन्सले पायो सिड्नी एयरपोर्टको अनुमति, साताको दुई पटक उडान भर्ने

0 23

Advertisement

१३ जेष्ठ, मेलबर्न अष्ट्रेलिया । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी उडानको अनुमति पाएको छ । सिड्नी एयरपोर्टले बिहीबार र शनिबार निर्धारित गरी हप्तामा दुई उडानका लागि अनुमति दिएको हो ।

निगमले उडान स्वीकृतिका लागि आवश्यक विवरण अस्ट्रेलियन सिभिल एभिएसनलाई बुझाएको बताइएको छ। एयरलाइन्सले सिङ्गापुरको ट्रान्जिटमा काठमाडौँदेखि सिड्नी उडान गर्ने एभियन थ्रस्टले जनाएको छ ।

निगमले हाल यात्रु सेवाका लागि जनरल सेल्स एजेन्ट (जिएसए) र खानपान कम्पनीहरू र सिंगापुर र सिड्नी एयरपोर्टहरूका लागि इन्धन आपूर्तिकर्ता र मेन्टेनन्स, मर्मत र ओभरहाल (एमआरओ) प्रदायकहरू छनौटको कार्य गरिरहेको छ।

नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा वाइडबडी विमान उडाउने तयारी गरिरहेको छ ।

यस अघि अष्ट्रेलिया र नेपालबीच सिधा हवाई उडानका लागि नेपाली दूतावास क्यानबेराले नेपाल एयरलाईन्सको नाम पठाएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.