Advertisement

सेयर बजार बुधबार पनि दोहोरो अंकले वृद्धि 

0 12

Advertisement

१० जेठ, काठमाडौं । सेयर बजारले मंगलबारको कारोबारलाई निरन्तरता दिएको छ। पछिल्लो दिन ५० अंक माथिको वृद्धि भएको सेयर बजार बुधबार १६.४९ अंकले वृद्धि भएको छ।

उक्त अंकको वृद्धिले नेप्से परिसूचक १९५९ कायम भएको छ। कारोबार रकम भने पछिल्लो दिन भन्दा कम भएको छ। बुधबार १ अर्ब ८७ करोड माथिको कारोबार भएको छ।

कूल १३१ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ८३ कम्पनीको मूल्यमा भने गिरावट आएको छ। र ७ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

बुधबार वित्तिय, विद्युत् र म्यूचुअल फण्ड बाहेका अरु सबै उपसूचकहरु बढेका छन्। सबै भन्दा धेरै उत्पादन, होटल, जीवन बीमा र निर्जिवन बीमा उपसूचकको मूल्यमा सुधार भएको छ। उक्त उपसूचकहरु क्रमश २२०, १७१, १२० र १२१ अंकको वृद्धि भएको छ।

यस्तै, धेरै कमाउने कम्पनीमा आत्मनिर्भर लघुवित्त, यूनीलिभर कम्पनी रहेका छन्। आत्मनिर्भरको मूल्य १० प्रतिशतले बढ्दै सकारत्मक सर्किट लागेको थियो। यस्तै, शिवम् सिमेण्ट, ग्लोबल आईएमइ ब्यालेन्स फण्ड, स्वाभिमान लघुवित्त पनि धेरैर कमाउनेमा पर्छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.