Advertisement

जिडिपीमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत

0 16

Advertisement

०५ जेठ, काठमाडौं । कुल गार्हस्थ्य उत्पादन(जिडिपी) मा निजी क्षेत्रको योगदान ८१ प्रतिशत पुगेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमको अध्ययनले ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको देखाएको हो । तर, समीक्षा अवधिमा न्यून मागका कारण निजी क्षेत्रका अधिकांश व्यवसाय आधाभन्दा कम क्षमतामा चलेका छन्, जसका कारण नौ महिनामै छ लाख युवा कामका लागि विदेशिएको प्रतिवेदनमा उल्लेख छ ।

दिगो आर्थिक विकासका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका आवश्यक रहेको औंल्याउँदै आगामी बजेटलाई सुधारको प्रस्थान बिन्दु बनाउनुपर्ने बताइएको छ । प्रतिवेदनअनुसार उद्योग, व्यापार र निर्माण क्षेत्र ऋणात्मक रहँदा आठ प्रतिशत अपेक्षा गरिएको आर्थिक वृद्धिदर दुई प्रतिशतमा सीमित भएको छ भने राजस्व करिब १६ प्रतिशतले घट्दा सरकारलाई चालु खर्च धान्न मुस्किल परेको छ । निजी क्षेत्रमैत्री नीतिगत र व्यावहारिक विषय सम्बोधन गर्नुपर्ने पनि प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदनअनुसार २०४८ सालको उदारीकरणपछि अर्थतन्त्रको आकार र निजी क्षेत्रको विस्तार निकै उत्साहजनक भएको छ । सो अवधिमा उद्योग प्रतिष्ठानको संख्या २८ हजारबाट नौ लाख नाघेको छ । तर, पछिल्लो समय सुस्ताएको छ । विदेशी लगानी अपेक्षाकृत आउन सकेको छैन भने स्वदेशी लगानी पनि निरुत्साहित छ । यस्तो अवस्थामा दिगो संरचनात्मक सुधार कार्यक्रम लागू गर्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारे अध्ययन गर्नुपर्ने आवश्यकता महसुस गरी त्यसका लागि निजी क्षेत्रको विस्तारमा मुख्य भूमिका निर्वाह गर्दै आइरहेको विकास साझेदार अन्तर्राष्ट्रिय वित्त निगमलाई महासंघले सहकार्यका लागि आग्रह गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.