Advertisement

डिडब्ल्युसी पाइप उत्पादन नेपालमै

0 20

Advertisement

०५ जेठ, काठमाडौं । नेपा टपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डिडब्ल्युसी) पाइप उत्पादन सुरु गरेको छ । भारत, चीनलगाय विश्वका विभिन्न देशमा केही दशकअघिदेखि सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपा टप अर्गनाइजेसनअन्तर्गतको मनमैजु इण्डष्ट्रिज नुवाकोटले अत्याधुनिक प्रविधिसहितको मेसिनरी आयात गरी डिडब्ल्युसी पाइप उत्पादन सुरु गरेको हो । कम्पनीले हाल प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही सय मिलिमिटरदेखि १२ सय मिलिमिटर गोलाइका पाइप उत्पादन गर्दै आएको जनाएको छ ।

डिडब्ल्युसी पाइपको मापदण्ड नेपाल गुणस्तर नम्बर ५९५ चिहृन प्राप्तिको प्रक्रियामा रहेको पनि कम्पनीले जनाएको छ । विगतमा प्रयोगमा आएको पाइपको तुलनामा जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाइपको तुलनामा बलियो एवं भरपर्दो साथै जडानपछि मर्मतसम्भारको झन्झट नहुने, पाइपको भित्री सतह चिल्लो भएका कारण सहज बहाव हुने र बाहिरी बनोट रिङ आकारमा रहने भएकाले अत्यधिक भार बहन क्षमता रहनेलगायतका विशेषता रहेको कम्पनीको दाबी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.