Advertisement

दुई दिनमा १४ सयले घट्यो सुनको भाउ

0 21

Advertisement

०४ जेठ, काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउमा गिरावट आएको हो । हिजो सुनको भाउमा ११ सय रुपैयाँले गिरावट आएको थियो ।

बुधबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज छापावाला सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

यस्तै बुधबार प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको तेजावी सुनको भाउ आज १ लाख ९ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

यता बुधबार १ हजार ३७० रुपैयाँ निर्धारण गरिएको चाँदीको भाउ आज पनि सोही भाउमा कायम छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९८० दशमलव ८८ पैसामा कारोबार भइरहेको छ भने चाँदी २३ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.