Advertisement

रूस र युक्रेनबीचको खाद्यान्न सम्झौता थप दुई महिना लम्बियो

0 35

Advertisement

०४ जेठ, एजेन्सी । संयुक्त राष्ट्र सङ्घको समर्थन प्राप्त रूस र युक्रेनबीचको खाद्यान्न सम्झौता थप दुई महिना लम्बिएको छ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सम्झौता लम्ब्याउन भूमिका खेलेको र आफूले यसको समन्वय गरेको बताउनुभयो । त्यसअनुसार ‘ब्ल्याक सी’ को अन्न सम्झौतालाई थप दुई महिना लम्ब्याउने निर्णय भएको उहाँले जानकारी दिनुभयो।

एर्दोगानले यो सम्झौता सबै पक्षका लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । अघिल्लो वर्षको फेब्रुअरीमा रूसले आक्रमण गर्नुअघि युक्रेन विश्वको प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो।

रुसी युद्धपोतहरूले युक्रेनको ‘ब्ल्याक सी’ बन्दरगाह अवरुद्ध गरेपछि विश्व बजारमा खाद्यान्नको मूल्य बढेको थियो । युद्ध सुरु भएयता रूस र युक्रेनबीच यो मात्रै एउटा सम्झौता भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.