Advertisement

दिउँसै काठमाडौंका तीन ठाउँमा एकसाथ चोरी, ११ लाख बढीका धनमाल चोरिए

0 21

Advertisement

२६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा एकसाथ चोरी भएको छ। तीन ठाउँमा गरेर ११ लाख भन्दा बढी धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–४ प्रगती टोल डेरा गरी बस्ने दाङ दंगीशरण गाउँपालिका–४ घर भएका सन्दिज शर्माको कोठाबाट करिब ३ लाख २ हजार रूपैयाँ बराबरका सुनका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ।

यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका–१ बोसन बस्ने रामकुमार नगरकोटीको घरबाट करिब ६ लाख ९५ हजार रूपैयाँ बराबरका सुनका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ।

यसैगरी काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–४ घर भएका ३७ वर्षीय कुबेर प्रसाद सुबेदीको कोठाबाट करिब ४ लाख ३४ हजार २ सय रूपैयाँ बराबरका सुन तथा चाँदीका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.