Advertisement

सांसद अमरेश सिंहले सदनमै खोले कपडा

0 27

Advertisement

२५ वैशाख, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमै लुगा खोलेका छन्।

सोमबारको प्रतिनिधि सभा बैठक सुरु हुँदै गर्दा बोल्न समय मागेका सांसदहरुलाई सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न भनेका थिए।

बैठक सुरु हुन नपाउँदै उनले सर्ट र गञ्जी खोलेका थिए। सभामुखले अशिष्ट व्यवहार नदेखाउन सुझाएका थिए।

सभामुख देवराज घिमिरेले सिंहलाई प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चेतावनी दिए। उनले भने, ‘तपाईं अशिष्ट, अपमानजनक व्यवहार गर्दै हुनुहुन्छ। नियम ३० को आधारमा चेतावनी दिन चाहन्छु। असभ्य व्यवहार नगर्नुहोस्। सभ्यताका साथ नियमअनुसार रहनुहोस्।’

नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने उल्लेख छ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्ने बताइएको छ।

यदि त्यस्तो नगरेमा सभामुखले बैठक कक्षबाट बाहिर निकाल्न सक्ने व्यवस्था छ। भनिएको छ, ‘बाहिर जान आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर जानु पर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.