राष्ट्रपति पौडेलनिकट कांग्रेस नेता आचार्य मन्त्री नियुक्त
२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन्।
नेपाली कांग्रेसका नेता आचार्यलाई मन्त्री नियुक्त गरिएको प्रधानमन्त्री सचिवालयका सदस्य मनहरि तिमिल्सिनाले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेल निकट आचार्यलाई सभापति शेरबहादुर देउवाले मन्त्रीमा सिफारिस गरेका हुन्। आचार्यले आज (आइतबार) दिउँसो १२ बजे शपथ लिनेछन्।
उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका नेपाल समाजवादीका महिन्द्रराय यादवलाई वन तथा वातावरण मन्त्रालयमा पठाइने छ। वन तथा वातावरण मन्त्रालय हाल प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन्।