Advertisement

स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकको १३ अर्ब सहयोग

0 15

Advertisement

१७ वैशाख, काठमाडाैं । विश्व बैंकले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि १० करोड डलर अर्थात् १२ अर्ब ९१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

नेपालमा स्वास्थ्य सेवाको गुणस्तर सुधारका निमित्त विश्व बैंकले “नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम” मार्फत १० करोड डलर सहयोग गर्नेछ । १० करोड डलरमा ३८ लाख डलर अनुदान हुनेछ भने बाँकी ऋण रहेको छ।

यो कार्यक्रम अन्तर्गत मूलतः कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने, स्वास्थ्य बीमा सम्बन्धी जनचेतना फैलाउने र आपत्कालीन अवस्थामा आवश्यक पर्ने स्वास्थ्य संयन्त्रको विकास गरिने छ ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्दा नेपाललाई उत्पादकत्व वृद्धि गर्न, स्वास्थ्यको अवस्था सुधार गर्न र आर्थिक वृद्धि दरमा सकरात्मक सुधार ल्याउन समेत सहयोग मिल्ने विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक फेरिस हडाड र्जभोसले बताएका छन् ।

विश्व बैंकले सञ्चालन गर्ने सो कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयनमा केन्द्रीय, प्रादेशीक तथा स्थानीय सरकारमा सञ्चालन हुँदै आएका स्वास्थ्य बीमा बोर्ड र नेपाल स्वास्थ्य क्षेत्र विकास रणनीतिक योजना २०२२–२०३०मा आधारित रहनेछ ।

यस कार्यक्रमले स्वास्थ्यसेवाको समान पहुँच वृद्धि गरी स्वास्थ्य प्रणालीको दक्षता अभिवृद्धि गर्ने, आपत्कालीन स्वास्थ्यसेवाको व्यवस्था गर्ने तथा स्वास्थ्य सेवामा दिगो लगानी बढाउने उद्देश्य लिएको छ ।

यस कार्यक्रमले आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा विस्तारका लागि ३८ लाख ४० हजार डलर अर्थात् ४९ करोड ५९ लाख रुपैयाँ बराबरको “हेल्थ इमरजन्सी प्रिपेडनेस एन्ड रेस्पोन्स ट्रस्ट फन्ड” स्थापना गर्नेछ । जसअन्तर्गत आपत्कालीन अवस्थाको लागि आवश्यक स्वास्थ्य प्रणाली निर्माण गर्न, प्रभावित क्षेत्रमा दु्रत गतिमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि सो कोषको रकम प्रयोग गर्न सकिनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.