सुनको भाउमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
१३ वैशाख, काठमाडाैं । नेपाली बजारमा बुधबार छापावाला सुनको भाउ बढेको छ । मंगलबार ४ सय रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको सुन आज बुधबार पुनः २ सय रुपैयाँले बढेर १ लाख ९ हजार ७ सय रुपैयाँ पुगेको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन मंगलबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता मंगलबार स्थिर रहेको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ४२० रुपैयाँ निर्धारण गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।