Advertisement

राजनीतिक संरक्षण नभई कर्मचारीले भ्रष्टाचार गर्ने आँट गर्दैन : सुमना श्रेष्ठ

0 33

Advertisement

१२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले राजनीतिक संरक्षण नभई कर्मचारीले भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने बताएकी छिन्। भ्रष्टाचार निवारण विधेयक २०७७ को विचार गरियोस् भन्ने प्रस्तावको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘हाम्रो पुँजीगत खर्च कम छ। असारे विकास भएको वर्षौं वर्ष भइसक्यो। कार्यान्वयन गर्ने कर्मचारी तन्त्र हो। त्यसको नाइके को हो, मन्त्री अर्थात् हामी नै कोही हौं। हामी कर्मचारीतन्त्रलाई दोष दिन्छौं तर कर्मचारीले राजनीतिकर्मीको आड नपाएर भ्रष्टाचार गर्दैन।’

उनले अब नेताहरुले आत्ममूल्यांकन समेत गर्नुपर्ने बताइन्। साथै राजनीतिक पार्टीभित्र पनि भ्रष्टाचार विरुद्ध काम गर्नुपर्ने उल्लेख गरिन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.