Advertisement

लागुपदार्थ प्रयोग गरी सवारी चलाउँदै गरेका ६ जना चालकसहित ७ जना पक्राउ

0 16

Advertisement

०२ वैशाख, काठमाडौं । काठमाडौंको नागढुङ्गामा नयाँ वर्षका दिन (शुक्रबार) गरिएको विशेष चेकिङका क्रममा लागुऔषध प्रयोग गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार दिउँसो २० ओटा सवारी साधनका चालक तथा पछाडी सवार मानिसलाई जाँच गर्दा ७ जनाले लागुपदार्थ सेवन गरेको पाइएको थियो ।

बा १३ च ११८ नम्बरको कारका चालक नुवाकोटको शिवपुरी गाउँपालिका–५ का ३४ वर्षीय राम पाण्डे, प्रदेश ३-०२-०११ प १७९६ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने २० वर्षीय मुकेश लामिछाने, बागमती प्रदेश-०२-०३४ प ९३२३ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० बस्ने २१ वर्षीय आयम पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यस्तै, प्रदेश २-०३-०३७ प ९५७९ नम्बरको मोटरसाइकलका चालक ललितपुरको सानेपा बस्ने ४० वर्षीय राजेश कुमार श्रेष्ठ, बागमती प्रदेश-०२-०३४ प ३४२० नम्बरको मोटरसाइकलमा पछाडी सवार धादिङको धुनिबेशी गाउँपालिका–५ का २८ वर्षीय कमल तामाङ, बागमती प्रदेश A AB ३४१६ इम्बोस्ड नम्बर प्लेटको सरकारी स्कुटरका चालक काठमाडौंको बुद्दनगर बस्ने धनुषाको जनकपुर उपमहानगरपालिका–४ का २८ वर्षीय अमन शर्मा र बा २ ख १६६२ नम्बरको हाइसका चालक काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ बस्ने २५ वर्षीय आकाश महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

लागुऔषध प्रयोग गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका ७ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ। उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरूलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आएतापनि पछिल्लो समय लागुऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालकहरू भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तिव्रताका साथ अगाडि बढाइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.