Advertisement

ढाका कुमारबारे निर्णय लिन रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

0 30

Advertisement

२९ चैत, काठमाडौं । सांसद तथा पार्टी नेता ढाका कुमार श्रेष्ठबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक बुधबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने जनाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ ‘घुस’ मागेको अडियो बाहिरिएपछि सांसद श्रेष्ठ विवादमा तानिएका छन्।

अडियो बाहिरिएपछि रास्वपाको अनुशासन समितिले श्रेष्ठमाथि अनुसन्धान अगाडि बढाएको थियो। अनुशासन समितिले स्पष्टीकरण सोध्नुका साथै बयान समेत लिएको थियो।

अनुशासन समितिले मंगलबार नै पार्टीको केन्द्रीय समितिले आवश्यक निर्णय गर्नेगरी आफ्नो प्रतिवेदन बुझाइ सकेको छ। अनुशासन समितिले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।

रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको अडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको थियो। उक्त अडियोमा श्रेष्ठले स्वास्थ्यमन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको सुनिन्छ।

उनले उक्त रकम सभापति लामिछानेको कोर टिमका सदस्यले मागेको पनि अडियोमा बताएका छन्। ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २/३ जना साथी हुनुहुन्छ। उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन्,’ अडियोमा श्रेष्ठले भनेको सुनिन्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.