Advertisement

आरआर, कमर्श र पाटन क्याम्पसमा स्ववियु निर्वाचन गर्न उच्च अदालतको अन्तरिम आदेश

0 30

Advertisement

१४ चैत, काठमाडौं । चैत ५ र १२ गते स्ववियु निर्वाचन हुन नसकेका आरआर, नेपाल कमर्श र पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन गर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

विभिन्न बहाना देखाउँदै क्याम्पस प्रशासनले स्ववियु निर्वाचन नगराएको भन्दै आरआर क्याम्पस अनेरास्ववियुका सभापतिका उम्मेदवार मदन भण्डारी, नेपाल कमर्श क्याम्पस अनेरास्ववियुका सचिव उम्मेदवार दिवस सापकोटा र पाटन संयुक्त क्याम्पस अनेरास्ववियुका सभापतिका उम्मेदवार सुरेश जिसीले उच्च अदालत पाटनमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए।

रिट निवेदकको तर्फबाट अधिवक्ताहरु हरिप्रसाद पंगेनी, बाबुराम दाहाल, रामचन्द्र पौडेल, बसन्त जोशी, निशा केसी, लोकेन्द्र धामी लगायत वकिलहरुले उच्च अदालतमा बहस गरेका थिए। बहसको पूरा विवरण आउन बाँकी छ। तत्कालको लागि कारण देखाऊ र अन्तरिम दुवै आदेश जारी भएको हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.