Advertisement

आज प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

0 12

Advertisement

०६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दैछन्। पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले प्रतिनिधि सभाबाट दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई संसद्‌का २ साना दल नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा बाहेक सबै दलको समर्थन प्राप्त भएको थियो।

राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री आफैंले सत्ता समीकरण फेरे। उनले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए।

तत्कालीन प्रमुख सत्ता साझेदार दल एमाले र अर्को साझेदार राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागेका हुन्।

राष्ट्रपतिको निर्वाचनपछि फेरिएको समीकरणअनुसार बनेको सत्ता गठबन्धनका अधिकांश दलहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन प्राप्त हुने देखिएको छ। स्वतन्त्र सांसदमध्ये अधिकांश सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन्।

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्ने भएका छन्। राष्ट्रिय जनमोर्चाले भने निर्णय लिन सकेको छैन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.