Advertisement

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको घरमा प्रहरी प्रवेश, उनी अदालत जाँदै

0 37

Advertisement

०४ चैत, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको लाहोरस्थित जमान पार्कमा रहेको घरबाहिर प्रहरीले आफ्नो कारबाही जारी राखेको छ। घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ भने त्यहाँ बुलडोजर पनि ल्याइएको छ।

बीबीसीका अनुसार प्रहरीहरू इमरान खानको घरको ढोका तोडेर भित्र पसेका छन्। जियो न्यूजसँग कुरा गर्दै प्रहरी अधिकारीले इमरान खानको घरभित्र पस्ने क्रममा भित्रबाट गोली चलेको र प्रहरीलाई निसाना बनाइएको बताए।

घरभित्र उपस्थित कार्यकर्तासँग हतियार रहेको प्रहरीले दाबी गरेको छ। यसै क्रममा इमरान खानले इस्लामाबादको अदालततर्फ जाँदा आफ्नो समूह दुर्घटनामा परेको बताएका छन्।

आफू पक्राउ पर्ने थाहा भए पनि अदालतमा हाजिर हुन लागेको उनको दाबी छ। यसैबीच पाकिस्तानका प्रहरीहरूले खानको सवारी इस्लामावाद पुग्नुअघि उनका अंगरक्षकहरूले हतियार बुझाउनुपर्ने माग गरेका छन्।

पदमा बहाल रहँदा प्राप्त गरेका राजकीय उपहारहरू राम्रोसँग घोषणा नगरेको अभियोगको सुनुवाइका लागि उनी इस्लामावाद गइरहेका छन्। पूर्वप्रधानमन्त्री खानले आफुमाथिका आरोप राजनीतिक रूपले पूर्वाग्रही रहेको भन्दै अस्वीकार गर्दै आएका छन्।

खानलाई तीन दिनअघि पक्राउको प्रयास गरिएको थियो र पछि एकजना वरिष्ठ अधिकारीले पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको जनाएका थिए। लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नपुगोस् भनेर त्यसो गरिएको उनले जानकारी दिएका थिए।

पञ्जाब प्रान्तका सूचनामन्त्री अमीर मीरले बीबीसीसँग प्रदर्शनका कारण ट्राफिकमा बाधा पुर्‍याएको र त्यसले मानिसहरूलाई रङ्गशालासम्म पुग्न रोक्ने देखेर उनलाई पक्राउ गर्ने प्रयासलाई स्थगित गरिएको बताएका थिए। उनले आइतबार हुने पाकिस्तानी सुपर लिगको फाइनल खेलसम्म पक्राउ गर्ने काम रोकिने उनले बताएका थिए।

अदालतले खानलाई पक्राउ गर्न आदेश दिएयता सुरक्षा फौजले उनलाई गिरफ्तार गर्न खोजिरहेको छ। खानका समर्थक र सुरक्षाफौजबीच उनको निवास वरपर झडपहरू हुने गरेका छन्।

लहोरको उच्च अदालतले बिहिवार बिहानसम्म इमरान खानलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको थियो। खानले पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोपहरू खेपिरहेका छन् जुन मुद्दालाई उनले राजनीतिक मनसायले प्रेरित बताएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.