Advertisement

प्रधानमन्त्री प्रचण्डको मुद्दाको सुनुवाइ सुरु

0 36

Advertisement

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको उनको मुद्दाको सुनुवाइ शुक्रबार सुरु भएको हो। बिहीबार तोकिएको पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लाागि सरेको थियो।

शुक्रबार सुनुवाइ हुँदै आदेश जारी गरेमा मुद्दा अघि बढ्नेछ। इजलासले रिट खारेज गरेमा विवाद समाप्त हुनेछ। सर्वोच्चमा मुद्दा अघि बढेपछि सरकारले हतारहतार बेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण आयोगको संशोधन विधेयक दर्ता गराएको छ। बिहीबार नै उक्त विधेयक संसद् सचिवालयमा दर्ता गरिएको हो।

दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएका व्यक्तिको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले लिने भनेपछि दाहाल विवादमा तानिएका थिए। द्वन्द्वपीडित परिवार एवं अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दाहाल विरुद्ध रिट दायर गरेका हुन्। उनीहरुले मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री प्रचण्डलाई रोक लगाउनुपर्ने माग सहित रिट पेस गरेका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.