Advertisement

अलैंचीबाट ५ वर्षमा २५ अर्ब भित्रियो, मूल्य ओरालो लाग्दा खेती गर्ने किसान घट्दै

0 26

Advertisement

१९ फागुन, काठमाडौं । नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमध्येको एक हो अलैंची। जसलाई कालो सुनको उपनामले समेत चिनिन्छ। वैदेशिक व्यापार घाटा कम गर्न योगदान पुर्‍याउने अलैंची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यवसायिक रुपमा उत्पादन हुँदै आएको छ।

चालु आर्थिक वर्ष २०७९/०८० को ७ महिनामा अलैंचीबाट झण्डै ५ अर्ब रकम भित्रिएको छ। गत साउनदेखि माघ मसान्तसम्ममा ४ अर्ब ८९ करोड ७६ लाख २२ हजार रुपैयाँको ६ हजार ११७.६८ मेट्रिक टन अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

चालु आर्थिक वर्षको ७ महिनामा नेपालले भारत, पाकिस्तान र अमेरिकामा ४ अर्ब ८९ करोड ७६ लाख २२ हजार रुपैयाँको अलैंची निर्यात गरेको हो। जसमध्ये सबैभन्दा बढी भारतमा ४ अर्ब ८७ करोड ८३ लाख ९५ हजार रुपैयाँ बराबरको ६ हवार ७३.६८ मेट्रिक टन अलैंची निर्यात भएको विभागले जनाएको छ।

यस्तै, पाकिस्तानमा १ करोड ९० लाख १३ हजार रुपैयाँको ४३.७५ मेट्रिक टन अलैंची निर्यात भएको छ। र अमेरिकामा २ लाख १४ हजार रुपैयाँको २४० किलोग्राम अलैंची निर्यात भएको छ।

५ वर्षमा अलैंचीबाट २५ अर्ब भित्रियो
नेपालले ५ वर्षको अवधिमा २५ अर्ब ६९ लाख ७० हजार बराबरको अलैंची निर्यात गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको ५ हजार ३६७. ४४ मेट्रिक टन अलैंची निर्यात गरेको विभागले जनाएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २ करोड २४ लाख ९३ हजार रुपैयाँ बराबरको ८ हजार ८५७.३४ मेट्रिक टन अलैंची निर्यात गरेको थियो। त्यस्तै, नेपालले आव २०७६/०७७ मा ४ अर्ब १ करोड ९२ लाख रुपैयाँको अलैंची निर्यात गरेको छ भने आर्थिक वर्ष २०७५/०७६ मा ४ अर्ब २८ करोड ४२ लाख रुपैयाँ अलैंचीबाट भित्रिएको थियो।

अघिल्लो वर्षको तुलनामा निर्यात बढ्यो
अघिल्ला वर्षको तुलनामा यसवर्ष अलैंचीको निर्यात बढेको विभागले जनाएको छ। गतवर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको अलैंची निर्यात भएकोमा चालू आवको सात महिनामै ४ अर्ब ८९ करोड ७६ लाख २२ हजार रुपैयाँको अलैंची निर्यात भइसकेको छ। गत वर्षको तुलनामा यस वर्षमा ०.४४ प्रतिशत निर्यात वृद्धि भइसकेको विभागको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत वर्षमा ३१.४६ प्रतिशतले निर्यात घटेको थियो। नेपालले आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २ करोड २४ लाख ९३ हजार रुपैयाँको ८ हजार ८५७.३४ मेट्रिक टन अलैंची निर्यात गरेको थियो। सो रकम र परिमाणमा निर्यात भएको तथ्यांक हालसम्मकै उच्च हो।

मूल्य घट्दो क्रममा
विगतमा प्रतिकिलो नै २५ सय रुपैयाँसम्म बिक्री भएको अलैंचीको मूल्य भने पछिल्लो समय घट्दो क्रममा रहेको छ। विसं २०७० सालदेखि अलैंचीको मूल्य घट्दो क्रममा छ।

कुनैबेला प्रतिकिलो २५ सय र प्रतिमन (४० केजी) को १ लाख रुपैयाँको हाराहारीमा बिक्री भएको अलैंची अहिले प्रतिकिलो ७ सयदेखि ८ सयसम्म र प्रतिमन २८ हजारदेखि ३२ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

उत्पादन क्षेत्र घट्दै
विगतमा राम्रो मूल्य हुँदा अलैंची खेतीमा हौसिएका किसान मूल्य घटेसँगै खेती गर्न छाड्न थालेका छन्। मूल्य नपाएपछि अलैंची उत्पादक किसान अन्य खेतीतिर लागेको व्यवसायीहरु बताउँछन्।

कुनैबेला २० हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको अलैंची अहिले १७ हजार हेक्टरमा सीमित भएको छ। आर्थिक २०७४/०७५ मा १८ हजार हेक्टर क्षेत्रफल र आर्थिक वर्ष २०७५/०७६ मा २० हजार ८८० हेक्टर क्षेत्रफलमा फैलिएको थियो।

आर्थिक वर्ष २०७६/०७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफल र आर्थिक वर्ष २०७७/०७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा खेती भयो। यस्तै गतवर्ष भने १७ हजार १५ हेक्टर क्षेत्रफलमा मात्रै सीमित भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.