Advertisement

गीतकार रमेश दहालको शब्दमा ‘नौडाँडा पारी २’ सार्वजनिक ( भिडियो )

0 67

Advertisement

१९ फागुन, काठमाडौं । लोक शैलीमा आधारित ‘नौडाँडा पारी २’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। मंगोलियन हार्टका गायक राजु लामाको स्वरमा सजिएको यस गीतलाई अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन्। करिव ५ वर्ष अघि दहालकै संगीतमा गायक आगा लामाको स्वरमा ‘नौडाँडा पारी १’ सार्वजनिक भएको थियो।

राहुल प्रधानले संगीत संयोजन गरेको यस गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन्। भैतिक रुपमा टाढा रहेका २ प्रेमिल जोडीको कथालाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनय रहेको छ।

चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्। भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘टिका दहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियो :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.