Advertisement

विभिन्न ठेक्कामा अर्थले दियो ६३ अर्ब थप स्रोत सहमति, सबैभन्दा धेरै मल खरिदमा

0 28

Advertisement

१५ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा अर्थ मन्त्रालयले विभिन्न बहुवर्षीय ठेक्काहरुलाई ६३ अर्ब रुपैयाँ भन्दा बढीको थप स्रोत सहमति प्रदान गरेको छ । मन्त्रालयका अुनसार माघ मसान्तसम्म ६३ अर्ब १ करोड रुपैयाँ बराबरको बहुवर्षीय ठेक्कालाई स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार माघ महिनामा मात्र रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई १५ अर्ब २३ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइएको छ ।

पुस महिनामा सशस्त्र प्रहरीलाई पोशाक खरिद, १०१ स्थानमा बीओपी स्थापना गर्न स्रोत सहमति दिइएको छ । त्रिशूली बजारमा ढल निर्माण तथा प्रशोधन, सर्लाहीमा घाँसेबाली भवन निर्माण, गुल्मीको रुरु क्षेत्र बलेटक्सारबाट धोबीघाट हुँदै रिमुवा छापाटोल चक्रपथको स्तरोन्नती गर्न समेत स्रोत सुनिश्चितता दिइएको छ ।

यस महिनामा मात्र २ अर्ब ६० करोड रुपैयाँको स्रोत तथा बजेट सहमति दिइएको छ । मंसिर महिनामा सडक आयोजनाहरुमा बढी रकमको स्रोत सुनिश्चितता दिइएको छ । यस महिनामा ४ अर्ब ५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ ।

कात्तिकमा अन्तशुल्क छपाइसहित विभिन्न सडक आयोजनामा स्रोत सहमति दिइएको छ । यस महिनामा मात्र १३ अर्ब ३० करोडको स्रोत सहमति दिइएको मन्त्रालयले जनाएको छ । असोजमा गोठाटारमा वृद्धाश्रम निर्माणमा ४५ करोडसहित कुल १० अर्ब ४६ करोड रुपैयाँको स्रोत सहमति दिइएको छ । भदौमा ९५ करोड ४८ लाख र साउनमा १६ अर्ब ४० करोड रुपैयाँ स्रोत सहमति दिएको अर्थले जनाएको छ । यस महिनामा सबैभन्दा धेरै रासायनिक मल खरिद गर्न सहमति दिइएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.