बुधबार स्थिर रहेको सुन विहिबार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
११ फागुन, काठमाडाैं । बुधबार स्थिर रहेको सुन विहिबार ५०० रुपैयाँले घटेको छ ।
विहिबार (आज) चाँदी भने १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि बुधबार (हिजो) सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन हिजो १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि १० रुपैयाँले घट्दै तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार २ सय ९५ रुपैयामा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८२९ अमेरिकी डलर र चाँदी प्रतिऔंस २१.६५ डलरमा कारोबार भइरहेको छ ।