Advertisement

पूर्वराजा शाहप्रति ओलीको टिप्पणी– दुई चार जना मान्छे वरिपरि देख्यो भने ज्ञानेन्द्रजी जोसिनुहुन्छ

0 21

Advertisement

०७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दुई चार जना मान्छे वरिपरि देख्दा जोस आउने गरेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले दिएको वक्तव्यको कटाक्ष गर्दै उनले शाह अलमलमा भएको बताए।

‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ। दुई चार जना मान्छे वरिपरि देख्यो भने त्यो झल्काले उहाँलाई अलिअलि जोस्याउँछ क्या। त्यतिमात्रै हो। अरु केही होइन,’ आइतबार उनले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग भने।

शाहको वक्तव्यमा मुलुक कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक सिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको आरोप लगाइएको छ। वक्तव्यमा नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने चेतावनी पनि दिइएको छ।

ओलीले भने शाहको चेतावनीको पनि प्रतिवाद गरेका छन्। ‘अहिलेभन्दा १५ वर्ष अगाडिसम्म त २४० वर्षभन्दा अगाडि त उहाँहरुले नै चलाएको होइन? के बनाउनुभएको थियो उहाँहरुले? स्क्यान्डिभियन देशको तुलनामा हुनुहुन्थ्यो कि। अरु देशहरुको तुलनामा हुनुहुन्थ्यो कि? कहाँ पुर्‍याउनुभएको थियो देशलाई?,’ उनको प्रश्न छ।

शाहले देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासको साथ सहकार्यका लागि बिलम्ब गर्न नहुने भनेका छन्। त्यसप्रति ओलीको प्रतिक्रिया थियो- ‘कोसँग, केसँग सहकार्य? ज्ञानेन्द्रजी आएर ‘पोलटिक्स’मा हिँडिराख्नुभएको छ। अस्ति मेचीमा गएर दियो बाल्नुभयो क्यारे। भएकै छ त।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.