Advertisement

खुल्यो उत्तरी नाका

0 92

Advertisement

०७ फागुन, काठमाडाैं । चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुुन थालेका छन् ।

चिनियाँ नाकाहरूमा रसुुवाको केरुङ, सिन्धुुपाल्चोकको कोदारी तातोपानी, मुुस्ताङको कोरला, सङ्खुुवासभाको किमाथाङ्का, ताप्लेजुुङको ओलाङ्चुुङ्गोला र हुुम्लाको यारी छन् । तीमध्ये रसुुवाको केरुङ, तातोपानी कोदारी र हुुम्लाको यारी व्यापारिक नाका हुन् । यद्यपि भूकम्पयता तातोपानी नाका करिब बन्दजस्तै छ । उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले उत्तरी नाका खुुला भई सामान नियमित रूपमा आउन थालेको जानकारी दिनुुभयो । चीनतर्फका उत्तरी नाका खुुला भई सञ्चालनमा आएकोे उहाँले स्पष्ट पार्नुभयो ।

कोभिडको कारण देखाउँदै करिब तीन वर्ष केरुङ नाकाबाट सामान आयात भए पनि निर्यात हुन सकेको थिएन । गत १२ पुुसदेखि नाका खुला भएको थियो । कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द रहेको थियो । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले केरुङ नाका खुुला भई नियमति रूपमा सामान आउन थालेको जानकारी दिनुुभयो । “अहिले नाका खुुला भई दैनिक १० देखि १२ ट्रक सामान आउने गरेको छ,” उहाँले भन्नुभयो । सामान्य अवस्थामा दैनिक १४ देखि १५ ट्रक सामान आयात हुने गरेकामा अहिले दैनिक १० देखि १२ ट्रक मात्र सामान आउने गरेको उहाँको भनाइ छ । नाकाबाट सामान आयात–निर्यात भए पनि मानिसको आवतजावत भने अझै खुुला नभएको उहाँले जानकारी दिनुुभयो ।

केरुङ नाकाबाट आयातको तुुलनामा निर्यात कम रहेको भण्डारीले जानकारी दिनुुभयो । पुस १२ देखि रसुुवा नाका खुुला भई स्वदेशी सामान निर्यात हुुन थालेको हो । बीचमा दुुई साता बन्द भएको सो नाकाबाट हालसम्म ११ करोड रुपियाँ बराबरको ८० ट्रक सामान निर्यात भएको रसुुवा भन्सार कार्यलयले जनाएको छ । नेपालबाट बाँसका मुढा, कार्पेट, तामाका सजावटका सामान, नेपाली कागज र मूर्तिलगायतका सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

नेपालबाट चीनतर्फ निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधि, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुटका झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् । चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाका जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामग्री आयात हुने गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्व अध्यक्ष नरेश कटुुवालले व्यवसायीसँग पैसा नहुुँदा कम मात्र सामान ल्याउने गरेको बताउनुुभयो । बैङ्कको उच्च ब्याजदरले ऋण र किस्ता तिर्न नसक्ने अवस्थामा रहेकाले पर्याप्त सामान अर्डर गर्न नसकेकोले केरुङ नाकाबाट कम मात्र सामान आउने गरेको उहाँको भनाइ छ । चीनबाट नेपालमा ठूलो परिमाणमा विभिन्न सामान आयात हुने गरेकामा नेपालबाट न्यून परिमाणमा सामान निर्यात हुने गर्छ ।

भन्सार विभागका अनुुसार चालू आर्थिक वर्षको छ महिनामा चीनबाट एक खर्ब ९ अर्ब ७८ करोड सात लाख रुपियाँ सामान आयात भएको छ । सो अवधिमा ३४ करोड ११ लाख एक हजार रुपियाँ बराबरको सामान निर्यात भएको छ । चीनसँग एक खर्ब ९ अर्ब ६३ करोड ७५ लाख ९९ हजार रुपियाँ व्यापार घाटा छ ।

विभागको तथ्याङ्कअनुसार आव २०७८-७९ मा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपियाँ सामान आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार रुपियाँ बराबरको सामान निर्यात भएको थियो ।

चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ । स्वदेशी वस्तुको निर्यातमा छुुटको व्यवस्था भए पनि निर्यात भने न्यूून मात्र हुनेगर्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.