Advertisement

वीरगञ्जबाट लागु औषधसहित ४ जना पक्राउ

0 24

Advertisement

०४ फागनु, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका-८ बस्ने १९ वर्षीय राजु मन्सुरी, लालबन्दी–७ बस्ने २० वर्षीय राजु राना मगर, १९ वर्षीय विशाल मोक्तान, धादिङको गजुरी नगरपालिका-२ बस्ने २० वर्षीय अजय तामाङ पक्राउ परेका हुन् ।

प्रहरीले फागुन ३ गते बुधबार साँझ ७ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ मा रहेको डाँफे होटलबाट उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरी चौकी बसपार्कको टोलीले उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध बरामद गरेको प्रहरीको दावी छ ।

उनीहरुलाई प्लाष्टिकको झोलामा लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागु औषध डाइजेपाम, नुरफिन, फेनारगन ५०/५० एम्पुल गरी जम्मा १५० एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

लागु औषध सहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा लागु औषध सम्बन्धि मुद्दा अत्याधिक आउने गरेको छ ।

माघ महिनामा मात्रै कार्यालयमा ३० वटा लागु औषधको मुद्दा दर्ता भएको छ । विदेशी ३ जना पुरुष, ३८ जना नेपाली पुरुष र २ जना महिला पक्राउ परेको प्रहरीको तथ्याङ्क छ ।

११.३ किलो गाजा, हिरोईन ५ ग्राम, ८३ एम्पुल डाईजील्याब, नुरफिन ८६ एम्पुल, फेनारगन ८४ एम्पुल, १ हजार ४ सय ३२ पिस नाईट्राभेट ट्याबलेट, अन्य ट्याबलेट २ सय ४० थान र १ सय एमएलको कोरेक्स ४ सय ६२ बोतल बरामद भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.