Advertisement

बैतडीमा कुल बजेटको १५ प्रतिशत मात्र विकास खर्च

0 20

Advertisement

३ फागुन, काठमाडाैं । बैतडी जिल्लामा विकास बजेट खर्च न्यून भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा बैतडीमा प्रदेश सरकारतर्फका कार्यालयको विकास बजेट १५ र संघीय सरकारको २१ प्रतिशतमात्रै खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टका अनुसार प्रदेशतर्फका कार्यालयको कुल पुँजीगत बजेट दुई अर्ब ४६ करोड ९७ लाख रुपैयाँमध्ये चालु आवको अहिलेसम्म ३८ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको १५ दशमलव ६३ प्रतिशत मात्रै हो ।
यस्तै प्रदेशतर्फको चालु बजेट ६९ करोड १३ लाख रहेकामा २५ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ ।

चालुतर्फ कुल बजेटको ३६ दशमलव ७८ प्रतिशत रकम खर्च भएको छ । यस्तै संघका कार्यालयको पनि विकास खर्च कमै देखिएको छ । चालु आवको अहिलेसम्म जिल्लामा संघका कार्यालयको विकास बजेट २१ दशमलव ६४ प्रतिशत खर्च भएको छ । संघका कार्यालयको कुल पुँजीगत बजेट ७८ करोड छ लाख रुपैयाँमध्ये १६ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै चालुतर्फ भने संघका कार्यालयको खर्च ५९ दशमलव ७६ प्रतिशत पुगेको छ । नेपाली सेना, प्रहरीको तलबसमेत यसैमा समावेश रहेकाले यो खर्च बढेको हो ।

संघ मातहत रहेका कार्यालयको कुल चालुतर्फको बजेट ६ अर्ब १० करोड ४७ लाख रुपैयाँ रहेकामा तीन अर्ब ६४ करोड ८२ लाख ८१ हजार रुपैयाँ खर्च भएको भट्टले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.