Advertisement

सिएनआई कोशी एक्स्पोको उद्घाटन पुर्व प्रधानमन्त्री केपी ओलीबाट बिहीबार हुँदै

0 38

Advertisement

१९ माघ, काठमाडाैं । १० दिनसम्म सञ्चालन हुने सिएनआई कोशी एक्स्पोको पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । बिहीबार दिउँसो २ बजे बिराटनगरस्थित एक्स्पोस्थलमा ओलीले एक्स्पोको उद्घाटन गर्ने मेलाका संयोजक राजेन्द्र राठीले जानकारी दिए ।

एक्स्पोको सबै तयारी पुरा भएको बताउँदै संयोजक राठीले एक्स्पोमा करिब ४०० को संख्यामा स्टलहरु तयार भई प्रदर्शकहरु सहभागि भएको जानकारी दिए ।

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गर्न लागेको सिएनआई कोशी एक्स्पोले सुस्ताएको आर्थिक कृयाकलाप चलायमान बनाउन टेवा पुग्ने विस्वास परिसंघ अध्यक्ष भीम घिमिरेको छ । माघ १९ देखि २८ गतेसम्म १ नम्बर प्रदेशको राजधानी विराटनगरस्थित विराट नर्सिङ होम पूर्व शंकरपुरको खाली मैदानमा आयोजना हुने एक्स्पो ऐतिहासिक हुने घिमिरेको विश्वास छ । “सिएआई प्रदेशले पहिलो पटक आयोजना गर्न लागेको एक्स्पोलाई ऐतिहासिक बनाउन कुनै कसर बाँकी राखिएको छैन, घिमिरेले भने ।

उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तु लगायत गरी ४०० स्टलहरु रहने एक्स्पोले स्थानीयस्तरका व्यवसायीहरुलाई सहज हुने विश्वास गरिएको छ । स्थानीय तहहरुबाट केही घरेलु, महिला, लघु, साना तथा कृषि क्षेत्रका उद्यमीले निशुल्क स्टल प्राप्त गरेको बताइएको छ ।

प्रदेश १ मा आयोजित एक्स्पोहरुमा कहिल्यै सहभागीता नजनाएका वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औधोगिक क्षेत्रका ठुला उद्योग र उत्पादन ब्राण्डहरु पनि यस एक्स्पोमा सहभागि हुन लागेको सिएनआई १ नम्बर प्रदेशले जनाएको छ ।

एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरुबाट पनि उद्योगी व्यवसायीले सहभागिता जनाएका छन् । पर्यटन प्रवद्र्धन गर्न र छिमेकी मुलुकका प्रविधि भित्र्याउने लक्ष सहित प्रचार प्रसार गरिएको एक्स्पोमा भारतको बिहार, जोगबनी, बथनाह, फारवीसगञ्ज, अररीया, रानीगञ्ज, वीरपुर, भिमनगर, बंगाल सिलगुडीबाट ५० हजार माथि अवलोकनकर्ता आउने अपेक्षा सिएनआईको छ ।

एक्स्पोलाई रोचक र ज्ञानबर्दक बनाउने उदेश्यले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि ‘प्लानेटेरियम’ स्थापना गरिने एक्स्पोमा विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने छ । विभिन्न उमेर अनुसारका दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावट र त्यसको चक्रबारे जानकारी गराइने बताइएको छ ।

एक्स्पो अवधिभर विविध मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमका माध्यमबाट अवलोकनकर्ताहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ । थारु जातीको परम्परागत घर, सेल्फी पुल, फनपार्क समेतले वालवालिका र युवा वर्ग लगायतका सवै उमेर समुहलाई आकर्षण दिने सिएनआईले जनाएको छ ।

एक्स्पोलाई रमपम तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ भने प्रायोजकहरुमा के.एल. दुगड र म्याजिक जुत्ताचप्पल, सह–प्रायोजकहरुमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स्, चौधरी ग्रुप ९सीजी०, क्वालिटी बिस्कुट, रुस्लान र क्लिन कन्कृट नेपाल रहेका छन् । त्यस्तै बैंक पार्टनर सिद्धार्थ बैंक, इन्स्योरेन्स पार्टनरमा हिमालय एभरेष्ट इन्स्योरेन्स, हेल्थ पार्टनर विराट मेडिकल कलेज तथा रिसर्च सेन्टर रहेका छन् ।

एक्स्पोलाई मोरंग व्यापार संघ, सहयोगी संस्थाहरु नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल अटोमोबाइल्स एशोसिएसन, हिसान, प्याब्सन, नेपाल नर्सिङ संघ, विराटनगर नसिङ कलेज, मेडिकल एशोसिएसन कोशी, इलेक्ट्रिक्स संघ, सीएनआईवाईएफले सहयोग गरेका छन् ।

नेपाल सरकारका कृषि, उद्योग, पर्यटनसँग सम्बन्धित मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड र १ नं। प्रदेश सरकारअन्तरगत उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय लगायत विराटनगर महानगरपालिकासहित रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका मोरङले पनि एक्स्पोलाई सहयोग गरेका छन् । एक्स्पोको इभेण्ट पार्टनर इभेण्ट सोलुसन प्रालि रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.