१८ माघ, काठमाडौं । नेपाली जनजिब्रोमा रहेको एउटा भनाई छ, ‘स्वास्थ्य नै धन हो ।’ यदी स्वास्थ्य ठीक भएको खण्डमा धन भन्ने चीज कुनैपनि बेला कमाउन सकिन्छ । तर जमाना फेरिएको छ । नयाँ-नयाँ परिवर्तन, आविस्कार र विपदहरु पनि निम्तिरहेका छन् । मानिसलाई समयले लखेटिरहेको छ । कतिले समयलाई पछ्याईरहेका छन् भने कतिले प्रयत्न गरिरहेका छन् । कतिले बाल मतलव भनेर पन्छिरहेका छन् । तर यसो गर्नु बिल्कुलै गलत हो ।
पराक्रम गरेर नै मोक्क्ष प्राप्त गरिन्छ । ‘स्वस्थ जीवनका लागि योग आवश्यक’ ।
आजको जमानामा मानिस स्वास्थ्यको बेवास्ता गर्दै मात्र पैसा-पैसा भनिरहेका छन् । हो पैसा अति आवश्यक साधन हो तर यो स्वास्थ्य ठीक नभएसम्म कमाउन सकिदैन । यदी कमाएर संचयन गरेको भएपनि उपचार गर्दैमा सकिएर मानिस सडकमा आएका घटनाक्रम हामी सबैले आफ्नै सामुन्ने पनि देखेकै छौं । जिन्दगीलाई आरामले चलाउन मानिसको लागि स्वास्थ्य महत्वपूर्ण छ । अझ बढी मानसिक स्वास्थ्य र शारीरिक रुपमा ठीकठाक हुन जरुरी हुन्छ ।
मानिसको स्वास्थ्य खराब भएको बेलामा औषधीले ठीकठाक पार्न त सकिएला । तर रोगहरुले समात्ने संभावना एकदम कम गराउने उपाय पनि छ । त्यो उपाय योग हो । योगको बारेमा सामान्य रुपमा तपाँइले केहि बुझ्दा र आफ्नो जीवनमा लागु गरे फाईदा नै हुन्छ ।
योग गर्नुपर्ने वैज्ञानिक कारणहरु
शरीरलाई स्वस्थ राख्न गरिने विभिन्न शारीरिक अभ्यासले हामीलाई सामान्य फाइदा पु¥याए पनि पूर्णता भने दिएको हँुदैन। वैज्ञानिक अध्ययन तथा अनुसन्धानबाट यो प्रमाणित भएको छ, मानिसलाई शारीरिक, मानसिक, बौद्धिक, आध्यात्मिक आत्मिकरुपमा स्वस्थता प्रदान गर्ने एक अचुक माध्यम योग हो। योग नै गर्नुपर्ने केही वैज्ञानिक कारणहरु यहाँ प्रस्तुत गरिएको छ।
योग के हो ?
योगका फाइदा तथा नियमका बारेमा जान्नु भन्दा अगाडी हामीले योगकै बारेमा केहि बुझनु पर्ने हुन्छ । योगलाई शरीर हल्लाउने, मोडने, श्वास तान्ने र बाहिर निकाल्नेमा मात्रै सिमित राख्नु हुँदैन । यो बृहत् छ । योगलाई शरीर, मस्तिष्क र आत्माको मिलनको रुपमा लिईन्छ । सारमा यही हो तर विद्वानहरुले आफनै किसिमले ब्याख्या गरेका पनि छन् ।
योगलाई धर्म, आस्था र अन्धविश्वाससंग जोडनु गलत हुन्छ । योग एक विज्ञान हो । जीवनलाई सुरक्षित बनाउने कला हो, पूर्ण चिकित्सा पद्धति हो । सारा बन्धनबाट मुक्त भएको आभाष दिलाउने मुक्तिको मार्ग हो ।
विद्वान योगी रवि शंकरले योगलाई खालि व्यायाम र आसनसंग जोडनु हुदैन भन्छन् । यसले भावनात्मक एकीकरणको काम गर्छ र रहस्यवादी तत्वका लागि एक अध्यात्मको उचाई भएको तर्क गरेका छन् ।
योग विज्ञान र योग जीवन जीउने कला हो । र योग पूर्ण चिकित्सा पद्धति हो । ओशोले भनेका छन्।
बाबा रामदेवले योगलाई मनलाई भड्किन नदिन तथा एकै स्थानमा स्थिर रहनका लागि योग महत्वपूर्ण छ, यसैबाट जीवनका सफलताका ढोकाहरु खुल्छन् भनेका छन् ।

योग विशेषतः एशियाली देशहरुमा प्राचीनकालबाटै प्रख्यात छ । अहिले यो विश्वभर फैलिएको छ । नेपाल, भारत, चीन, जापान, दक्षिण पूर्व एशिया, श्रीलंका लगायतका देश हुँदै विश्वभर फैलिएको हो । यसको महत्व र प्रसिद्धिका कारण पहिलो पटक ११ सिडेम्बर २०१४ मा संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष जून २१ लाई अन्तराष्ट्रिय योग दिवस मनाउने घोषणा गरेको थियो । त्यसयता विश्वभर जून २१ मा अन्तराष्ट्रिय योग दिवस मनाईदैं आएको छ ।
योग प्राचीन परम्पराको एउटा अमूल्य उपहार हो । यसलाई दिमाग र शरीरको एकताको प्रतीक मानिन्छ । मानिस र प्रकृतिबीच निकटको सम्बन्धको कारण योग साधनाले व्यापकता पाएको छ । विचार, संयम, स्वस्थता र आमजनको भलाईको लागि यसले समदृष्टि तयार पारिदिन्छ । योगका लागि योगासनहरु महत्वपूर्ण मानिन्छन् । यसका अनेक अनेक फाईदाहरु छन् ।