Advertisement

नीति नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

0 19

Advertisement

१६ माघ, काठमाडाैं । साना तथा मझौला व्यवसायीहरूले नीति नियमको अभावले गर्दा यो व्यवसाय अगाडि बढाउन समस्या भएको बताएका छन् । नेपाल साना तथा मझौला व्यवसायी महासङ्घ काभ्रे जिल्ला संघको समिती गठन तथा घोषणा कर्यक्रममा बोल्दै व्यवसायीहरूले त्यस्तो कुरा बताएका हुन् ।

काभ्रेका माननीय प्रदेश सांसद् तथा प्रमुख अतिथि कन्चन चन्द्र बादे श्रेष्ठले नीति नियम प्रस्ट नहुनु तथा संघीय, प्रदेश तथा स्थानीय तहमा राम्रोसँग संयोजन र तीनै तहका सरकारको भूमिका प्रष्ट नभएको कारणले यो क्षेत्रले दुख पाएको धारणा ब्यक्त गरे ।

साना तथा मझौला व्यवसायको धेरै महत्त्व हुँदा हुँदै पनि, विभिन्न समस्याले गर्दा ओजेलमा परेको कुरा स्वीकार गरे । त्यसैगरी उनले स–सानो पुँजी लगानी गरेर माथि उठ्न खोजेका यस्ता ब्यबसायीहरुलाई, नेपाल सरकारले राम्रो सँग सहजीकरण गरेर अगाडि बढ्नुपर्ने आजका तड्कारो आवश्कता भएको सुझाव दिए ।

सांसद बादेले काभ्रे जिल्लामा साना तथा मझौला व्यवसायको ठूलो सम्भावना रहेको बताउँदै यस क्षेत्रले अर्थतन्त्र मजबुत बनाउन धेरै भूमिका खेल्ने हुँदा साना तथा मझौला व्यवसायी महासङ्घ काभ्रे जिल्ला शाखालाइन पनि सेही अनुसार अगाडि बढ्न सुझाव दिए । यस क्षेत्रको उन्नतिकोलागी समान्धित निकायमा संयोजन गर्न अफू तत्पर रहेको उनको भनाई थियो ।

सो अवसरमा उनले केन्द्रिय र जिल्ला नितृत्योले प्रभावकारी रूपमा काम गरी रोजगारी बृद्धि, व्यवसाय प्रवद्र्धन, प्रविधिको विकास, दर्ता लगायतका अन्य आवश्यक पर्ने सहयोग उपलब्ध गराई स्थानीय सरकारबाट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साना तथा मझौला व्यवसायी महासङ्घका केन्द्रीय महासचिव डा. गोपाल प्रसाद तिवारीले एसएमइबारे कार्यपत्र प्रस्तूत गर्दै यस क्षेत्रले आर्थिक वृद्धिमा ठूलो टेवा पुर्याउने भएता पनि नेपालको एसएमइ क्षेत्रले अरू देशमा जस्तो अगाडि बढ्न नसकेको प्रष्टाए ।

उनले भने, “लघु, घरेलु, साना तथा मझौला व्यवसायहरूले आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्न सकेका छैनन्, यसमा धेरै समस्या भएको कुरा स्पष्ट नै छ । उद्योगीले गुणस्तर उत्पादन गर्न सकेमन छैनन्, राम्रो बजार पाएका छैनन्, वित्तीय स्रोत परिचालन पनि गर्न सकिएको छैन भने सरकारले सहयोग पनि गर्न नसकेकाले यो क्षेत्रले जतिसुकै अर्थतन्त्रमा योगदान छ भने पनि समस्याले ग्रसित भएको छ ।”

अहिलेसम्म एसएमइ नीति नभएको, संस्था दर्ता गर्दा पनि विभिन्न झन्झट खेप्नु पर्ने, सरकारी कार्यालयबाट सहयोग नपाउने, बाजारको उतिकै समस्या, किसानलाई चाहेएको मलरखाद, गुणस्तरीय बिउरबिजन, साथै अन्य बस्तुहरुको अभावले यो क्षेत्र धेरै नाजुक स्तिथिमा रहेको उनले बताए ।

त्यतिमात्र होइन, नब्बे प्रतिशत भन्दा बढि यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा योगदान भनेपनि, धेरै उद्योग दर्ता हुन नसक्नु, व्यवसाय गरेपनि आफ्नो उत्पादनले राम्रो मूल्य नपाउनु, सरकारी कार्यालयहरूबाट ब्यवसायी हरूलाई सहयोग नमिल्नु साथै अन्य धेरै समस्याले गर्दा यो क्षेत्रले अगाडि बढ्न गारो भएको उनको बुझाई छ ।

उद्योग विभागको तथ्यांकले ठूला उद्योगले भन्दा साना, लघु तथा मझौला उद्योगले दिने रोजगारी अत्यधिक रहेको प्रस्ट भएकाले ठूला उद्योगलाई पनि साना साना उद्योग चाहिने हुनाले सरकारले प्रोत्साहन गर्न डा. तिवारीले सुझाव दिए ।

त्यसैले हुन्छ जसले गर्द कुरा त्यसैगरी सो कार्यक्रमको अध्यक्षता गर्दै साना तथा मझौला व्यवसायी महासङ्घका सह(अध्यक्ष धर्मनन्द श्रेष्ठले यस क्षेत्रलाई दिगो रुपमा सञ्चालन गर्न सरकारले सहयोग नगरेको आरोप लगाए । उनले बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रलाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने कुरामा जोड दिँदै साना तथा मझौला ब्यबसायीहरुले भोगेका समस्या हरुलाई समाधान गर्न सरकारसँग माग गरे । साथै उद्धमी महिलाहरुले आफ्नो व्यवसाय सञ्चालन गर्न बैंक तथा वित्तीय सस्था बाट सहजै ऋण नपाएकोले यसतर्फ सांसदहरुले पहल गरीदिनुपर्ने बताए ।

साना तथा मझौला व्यवसायी संघ काभ्रे जिल्लामा अनिता बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिती गठन भएको छ । सो अवसरमा नेपाल साना तथा मझौला व्यवसायी महासङ्घका अध्यक्षले नयाँ समितिलाई शुभकामना सन्देश तथा बधाई पठाउँदै आगामी दिनमा देशभरि नै एसएमइको संघहरु गठन हुन लागेको जानकारी पनि दिए । उक्त कार्यक्रममा विभिन्न व्यवसायमा संलग्न कूल ३५ बजनाको सहभागिता रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.