Advertisement

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी, अग्नि सापकोटा पनि सहभागी

0 32

Advertisement

१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक जारी छ।

बैठकमा पार्टी एकता र अन्य राजनीतिक विषयमा छलफल हुने बताइएको छ। माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीसँग एकता प्रक्रिया तीव्र बनाएको छ। साथै, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग पनि छलफल गरिरहेको छ।

बैठकमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा समेत उपस्थिति भएका छन्। उनी, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुकै लहरमा बसेका छन्। २०७६ माघ १२ गते तत्कालीन नेकपाबाट सभामुखमा निर्वाचित भएका उनले १३ गते पद तथा गोपनीयताको शपथ लिएपछि पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका थिए।

तत्कालीन नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्र एकताअघिकै स्थितिमा ब्युँतिएका थिए। मंसिर ४ को निर्वाचनमा उम्मेदवार नबनेका उनको आगामी राजनीतिक यात्राको विषयमा अन्योल रहँदै आएको थियो। उनलाई राष्ट्रपतिको रुपमा समेत चर्चा गरिएको थियो। तर, एमाले र माओवादी केन्द्रको सत्ता साझेदारी बनेपछि उनी चर्चाबाहिर पुगेका छन्।

सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी रहेको नेताहरूले बताएका छन्। उनलाई उपाध्यक्ष र प्रवक्ताको जिम्मेवारी दिइने आकलन गरिएको छ। अहिले माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ छन्। महराले प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.