Advertisement

प्रेमप्रसादले दिउँसै आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भयो : नेता कोइराला

0 45

Advertisement

११ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले दिउँसै आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले देशमा युवाहरूले आत्मदाह गर्नेसम्मको परिस्थिति बन्नुलाई लज्जास्पद भन्दै अब त्यस्तो हुन नदिन सरकारले पहल कदमी लिनुपर्ने बताएका हुन् ।

उनले अब ती युवाले आत्मदाह गर्नुको कारण खोजी गर्नुको पछाडि फेरि त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरण बनाउनुपर्ने बताए ।

‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घट्नाले राज्य लज्जित भएको छ। हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?,’ उनको प्रश्न छ ।

इलामका आचार्यले संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । बुधबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा उनको निधन भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.