Advertisement

भिजिविलिटी कम भएका कारण काठमाडौं विमानस्थलमा विमान अवतरण गर्न समस्या

0 27

Advertisement

०६ माघ, काठमाडौं । खराब मौसमका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरु अवतरणमा समस्या देखिएको छ। अवतरण गर्न सक्ने भिजिविलीटी नभएपछि नेपालगञ्ज र मलेसियाबाट आएका विमानहरु अन्यत्र मोडिएका छन्।

नेपालगञ्जबाट आएको श्री एयरको विमानलाई झापाको भद्रपुर विमास्थलमा अवतरण गराइएको छ। यस्तै, मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको विमानलाई भारतको कोलकता पठाइएको छ।

त्रिभुवन अन्त्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेम ठाकुरले भिजिविलिटी कम भएपछि विहान आएका केही विमानहरु यहाँ अवरतण गराउन नसकेर बाहिरतिर डाइभर्ट गरिएको बताए।

उनले मौसममा विस्तारै सुधार हुन लागेकाले अब केही समयपछि आन्तरिक उडानका विमानहरुको उडान र अवतरण सुरु हुने बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.