Advertisement

आत्मनिर्भर लघुवित्तले दुई चरणमा आईपीओ बेच्ने, वैदेशिक रोजगारीमा रहेकालाई माघ १६ गतेदेखि

0 25

Advertisement

०६ माघ, काठमाडाैं । आत्मनिर्भर लघुवित्तले फागुन ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई माघ १६ गतेदेखि तथा सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो ।

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५५ ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्नेछ ।

कुल जारी १० प्रतिशत अर्थात २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ । जारी पुँजीको ०.५ प्रतिशत बराबरले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यसरी बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आईपीओमा माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै सर्वसाधारणले फागुन ११ देखि फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणाली तथा मेरो सेयरको मोबाइल एप र वेवसाइट मार्फत पनि आईपीओ भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आइपीओलाई ‘केयर एनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.