Advertisement

नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो १२ देखि ४ बजेसम्म बन्द हुने

0 22

Advertisement

०६ माघ, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः सवारी आवगमन बन्द गरिने भएको छ । पुल निर्माणका लागि पहाड काट्ने काम नसकिएकाले उक्त सडकखण्ड पुनः बन्द गरेर काम गरिने नारायणगढ–मुग्लिन सडक योजनाले जनाएको छ ।

एक महिना अगाडिदेखि बन्द गरेर सडक निर्माणको काम गर्दा काम थप प्रभावकारी भएकाले पुनः सोही क्रम दोहोर्याउन लागिएको हो ।

यसअगाडि बिहान ११ देखि ३ बजेसम्म बन्द गरिँदै आएको उक्त सडकखण्डमा समय भने परिवर्तन गरिएको छ । अब दिउँसो १२ देखि ४ बजेसम्म बन्द गरिने भएको छ । यातायात व्यवसायीको अनुरोधमा समय परिवर्तन गरिएको हो ।

आजबाट दैनिक दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिने भएको छ । थप एक महिना दैनिक चार घण्टा यातायात बन्द गरेर काम गरिने भएको छ । तुइनखोला पुल र चिसेन्जीखोला पुल निर्माण हुने ठाउँमा पहाड काट्ने काम सकिएको छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.